च्याउ खाँदा थप सातजना बिरामी

7

वनमा उम्रिएको च्याउ खाँदा पूर्वी चितवनमा सातजना बिरामी परेका छन् । कालिका नगरपालिका वडा नं ३ पदमपुरका सातजना बिरामी परेका हुन् ।

बिरामी हुनेमा पदमपुरका ३४ वर्षीय शिव चौधरी, २७ वर्षीया समीक्षा चौधरी, २४ वर्षीया अनिता चौधरी, २५ वर्षीय नीरजकुमार चौधरी, ४० वर्षीया सीतावती देवी, ४५ वर्षीय लखन चौधरी र २७ वर्षीया पूजा चौधरी रहनुभएको छ । उहाँहरु सबै एकै परिवारको हुनुहुन्छ छ ।

उहाँहरुको भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये अनिताको अवस्था गम्भीर रहेको अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीले जानकारी दिनुभयो । उहाँहरुले घर नजिकैको वनबाट ल्याएको च्याउ खानुभएको थियो । च्याउ खाएर बिरामी परेपछि उहाँहरुलाई उपचारका लागि आइतबार राति अस्पताल ल्याइएको हो ।

यस्तै आइतबार च्याउ खाएर भरतपुर महानगरपालिका वडा नं २९ जुगेडीको एकै परिवारका पाँचजना बिरामी परेका थिए । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर रहेको थियो । अन्य सामान्य उपचारपछि घर फर्किएको भए पनि गम्भीर बिरामीको भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्