हिमाली तथा पहाडी भेगमा उत्पादित फापर अन्नबाली हराउँदै

9

यहाँ उत्पादित फापर बाली लोपन्मुख अवस्था पुगेको छ । हिमाली तथा पहाडी भेगमा उत्पादित फापर अन्नबाली हराउँदै गएको हो । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपन्मुख अवस्थामा पुगेको हो ।

उच्च रक्तचाप तथा सुगरका बिरामीले फापर चाखलाग्दो रुपमा खान्छन् । यो परिकार सेवन गर्दा स्वास्थ्यलाई फाइदा हुँदा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन विशेष रुचिका साथ खाने गर्दछन् । मानिसको स्मरणशक्ति बढाउन फापर खानु लाभदायक मानिन्छ । तीते र मीठो गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ ।

प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले २०७६ मा खाद्यान्न वासलातका अनुसार पाल्पामा ४२५ हेक्टर क्षेत्रमा फापर खेती हुन्छ । फापर ३९८ मेट्रिक टन उत्पादन हुने निर्देशनालयको तथ्याङक उल्लेख छ । उत्पादिन फापरमध्ये ३२५ मेट्रिक टन उपभोग्यका रुपमा प्रयोग हुने देखिन्छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले फापरलगायतका रैथाने अन्नबाली उत्पादनमा कमी आएको बताउनुभयो । उहाँले रैथाने अन्नबाली संरक्षण तथा प्रवद्र्धन गर्ने कार्यक्रम रहेको अर्यालले बताउनुभयो । उन्नत जातका अन्नबालीप्रति आकर्षित हुँदा बीउमा परनिर्भर बढ्दो छ । रैथाने बाली लोप हुँदा किसान मर्का छन् । कोदो फापर तरुल लगायतका रैथाने बाली संरक्षण गरी बीउमा समेत आत्मनिर्भर हुन जरुरी छ ।

जिल्लामा फापरको माग बढ्दो छ । सहरी क्षेत्र फापरबाट विभिन्न परिकार तयार गरी खाने चलन बढ्दो छ । जिल्ला तथा जिल्लाबाहिर सञ्चालित मेला, महोत्सवमा फापर रोटी र ढिलो परिकारमा स्वाद लिन्छन् । किसानले उत्पादनप्रति चासो नहुँदा बर्सेनि उत्पादनमा कमी हुँदै गएको छ ।

फापर बाली उत्पादनमा सरकारको चासो नहुँदा निकै नै महत्वपूर्ण अन्नबाली लोप हुँदै गएकामा बूढापाकाहरु चिन्तित देखिएका छन् । फापर बाली उत्पादनमा चासो नदिँदा फापर बाली लोपोन्मुख अवस्था पुगेको हो । पछिल्लो समय युवा पुस्तामा फापरका परिकारको आकर्षण बढेको देखिन्छ ।

व्यावसायिक रुपमा यसको खेती गर्न छाडेपछि पाल्पा लगायतका पहाडी जिल्लामा लोप भएको हो । मकै खेतीपछि खेतबारीमा फापर खेती हुँदै आए पनि पछिल्ला वर्षहरुमा फापर खेती फस्टाउन सकेको छैन । रैनादेवी छहरा गाउँपालिका–५ का जङ्गबहादुर आलेका अनुसार चार–पाँच वर्षदेखि फापर खेती गर्न छाडेको बताउनुभयो । उत्पादन कम हुने हुँदा फापर खेती गर्न छाडेको हो । जति मिहिनेत गरे पनि उत्पादन न्यून हुँदा फापर बालीप्रति उत्पादन खस्केको हो ।

व्यावसायिक रुपमा खेती नहुँदा अहिले फापरको परिकार खान नौलो हुन थालेको हो । गाउँघरका भान्छामा पाक्न छाडेका फापरका परिकारहरु अहिले मेला महोसत्व तथा शहरका भान्छाका चाखलाग्दा परिकार बनेका छन् । फापर अन्नबालीमा प्रशस्त मात्रामा रेशादार तत्व पाइन्छ । फापरमा ‘बी’ भिटामिन, प्रोटिन, खनिज एन्टी अक्सिडेन्ट पोलिफेनोल पाइन्छ । मासु नखाने शाकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हुँदा खानुपर्ने हुन्छ । यसमा करिब १० देखि १२।५ प्रतिशत प्रोटिन पाइन्छ ।

फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिडहरु प्राप्त हुन्छ । फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो । फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरु जस्तै जिङ्क, कपर र म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन् । यसका अलावा रुटिन भनिने लाभदायक एन्टी अक्सिडेन्ट पोलिफेनोल फापरमा प्रशस्त पाइन्छ ।

नेपालमा दश हजार दुई ९५ हेक्टरमा फापर खेती हुन्छ । प्रदेश नं ५ मा एक हजार १०८ हेक्टरमा ९७८ मेट्रिक टन फापर उत्पादन हँुदै आएको पाइन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्