गोलभेडा खेती सम्बन्धी संक्षिप्त प्राविधिक ज्ञान

539

गोलभेडा खेती
उद्देश्य
 गोलभेडा खेतीको सामान्य जानकारी तथा यसका फाइदाहरु बारे स्पष्ट हुने ।
 गोलभेडा खेतीका लागि उपयुक्त जग्गा र जातको बारेमा स्पष्ट हुने ।
प्राविधिक ज्ञान तथा कार्यबिधि
 गोलभेडा न्यानो तथा गर्मी हावापानी मन पराउने एक तरकारी बाली हो । गोलभँेडा खेती मौसमी तथा बेमौसमी दुबै किसिमबाट गर्न सकिन्छ र यो प्रायः वर्षभरी नैउपलब्ध हुन्छ । गोलभेडा खेतीका लागि पाहारिलो, पानी नजम्ने ठाउँ र मलिलो दोमट माटो उपयुक्त हुन्छ ।
 गोलेभेडामा भिटामिन ‘सि’ प्रशस्त मात्रामा पाइन्छ । परम्परागत रूपमा गोलभँेडा तरकारी र अचारको लागि प्रयोग गरिँदै आएकोमा हाल यसको अलावा सलाद र सस बनाउन समेत प्रयोग बढ्दै गएको छ, जसले गर्दा यसको बजारमा प्रशस्त माग रहेको छ ।
 गोलभेडा खेतीका लागि वर्षात्को समयमा लक्ष्मी ५००५, ग्रेस्को–१, सगरमाथा, वि एल ४१०, सिर्जना, अम्मर, इन्डम आदि जातहरू उपयुक्त हुन्छन ।
 हिउँदे मौसमका लागि मनिषा, भीम, अभिनाश, लप्सी गेडे, बि.एस.एस ४२२ नामका जातहरु उपयुक्त हुन्छन । यसका साथै गोलभँेडाका अन्य प्रचलित जातहरू पुसा रुवी, मनप्रेकस, रोमा, बिशेष, सुरक्षा, एन १६२, एच. आर. डि.
१ हुन ।
 गोलभेडाका नवीन, ऋषि, रुपाली वर्णशङ्कर जातमा ओइलाउने रोग कम लाग्दछ ।
छलफलका लागि प्रश्न
 गोलभेडाको खेतीका लागि कस्तो हावापानी, माटो तथा जग्गा उपयुक्त हुन्छ ?
 वर्षात्तथा हिउँदको समयका लागि उपयुक्त गोलभेडाका जातहरू कुन–कुन हुन्?
 हाम्रो समूहमा कस–कसले कुन–कुन जातको गोलभेडा लगाउनु पर्ला ?

गोलभेडा लगाउने समय र नर्सरी ब्यबस्थापन उद्देश्य
 गोलभेडा खेतीका लागि उपयुक्त समयको बारेमा स्पष्ट हुने ।
 व्यवस्थित तरिकाले नर्सरी बनाइ स्वस्थ बेर्ना उत्पादन गर्ने तरिकाका बारेमा स्पष्ट हुने ।

प्राविधिक ज्ञान तथा कार्यविधि
 गोलभेडाका जातहरू जस्तै पुसा रुबी, मनपे्रकस, रोमा र एन. सि. एल. १ जातलाई उच्च पहाडमा चैत्रदेखि जेठ महिनासम्म बेर्ना सार्न सकिन्छ भने मध्य पहाडमा फागुनदेखि भाद्र महिनासम्ममा र तराईमा भाद्रदेखि कार्तिक
महिनासम्म बेर्ना सार्न सकिन्छ ।
 मध्य पहाडका लागि उपयुक्त जातहरू विषेशगरी भीम र सुरक्षा जस्ता जात जेठदेखि साउन महिनासम्ममा बेर्ना सारिसक्नु पर्दछ ।
 ओइलाउने रोग प्रतिरोधक जातहरू जस्तै एन. १६२, एच. आर. डि. १, ग्रेस्को १ आदि जात मध्य पहाडी भागमा फागुनदेखि साउन महिनासम्म बेर्ना सार्नु पर्दछ । तराईका लागि एन १६२ जातलाई भाद्र र माघ महिनामा बेर्ना
सार्नुउपयुक्त हुन्छ ।
 एक रोपनी (डेढ कठ्ठा) जग्गामा गोलभेडा खेतीका लागि वर्णशङ्कर भएमा १० ग्राम र स्थानीय तथा उन्नत जातकोभएमा ३० ग्राम बीउको आवश्यकता पर्दछ ।
 नर्सरीका लागी मलिलो, पाहारिलो, पानी नजम्ने र रेखदेख गर्न सजिलो हुने ठाउँको छनोट गर्नु पर्दछ ।
 गोलभेडा खेतीका लागि १ मिटर चौडा, १० देखि १२ से.मि. अग्ला ड्याङ्र आवश्यकतानुसारको लम्बाइ राखी नर्सरी बनाउनु पर्दछ । १ मिटर चौडा र १ मिटर लम्बाइको नर्सरी व्याडका लागि ५ के.जि.का दरले राम्ररी पाकेको
कम्पोष्ट मल राख्नु पर्दछ ।
 वर्षात्मा फेद कुहिने रोगबाट बचाउन नर्सरीमा ब्लाइटेक्स वा बेभिस्टिन १ ग्राम प्रतिलिटर पानीको झोल बनाइ माटोको उपचार गर्नु पर्दछ ।
 नर्सरी व्याडमा १० से.मि. अर्थात्चार अङ्गुलको फरकमा २ से.मि. गहिरो हुनेगरी काठको छेस्काले धर्सा कोर्ने र सोकोरिएको धर्सामा नटासिने गरी एकै नासले बीउ खसाल्नुपर्दछ ।
 बीउ खसालिसके पछि बीउलाई मसिनो माटोले पुरिदिनुपर्दछ र माथिबाट सुकेको पराल वा खरले छापो हाल्नुपर्दछ । यदि नर्सरीको माटो सुख्खा भएमा हजारीलेसिँचाइ गर्नु पर्दछ ।
 बीउ टुसाए पछि छापो हटाउनु पर्दछ । छापो हटाउँदा साँझपख हटाउनु पर्दछ र सोही समयमा हल्का सिँचाइ गर्नु पर्दछ । यदि नर्सरीको माटो सुख्खा देखिएमा हजारीले पानी दिनु पर्दछ । पानी दिँदा जहिले पनि बेलुकीपख दिनु पर्दछ ।

 वर्षात्को पानीबाट नर्सरी बचाउन १ मिटरको उचाइमा चारैतिर हावा पस्ने गरी प्लाष्टिकको छानो हाल्नुपर्दछ ।
 नर्सरीमा कीरा तथा रोगको रोकथामका लागि नियमित रूपमा झारपात हटाइदिनु पर्दछ । नर्सरीमा कीरा देखिएमा सुर्ती, नीम, तीतेपाती, वनमारा आदिको झोल बनाइ छर्नु पर्दछ ।
 बेर्ना कुहिने रोग देखिएमा साफ पाउडर एक ग्राम प्रतिलिटर पानीमा राखी सो झोल नर्सरीमा छर्नु पर्दछ ।
 बेर्ना २० देखि २२ दिनको भए पछि वा तीन–चार पातेहुनासाथ मुख्य बारीमा लगेर सार्नु पर्दछ ।

छलफलका लागि प्रश्न
 तराई तथा पहाडमा कुन–कुन महिनामा गोलभेडा खेती गर्न सकिन्छ ?
 गोलभेडा खेतीका लागि प्रतिरोपनी कति ग्राम बीउकोआवश्यकता पर्दछ ?
 हामीले गोलभेडा खेतीका लागि कहिलेदेखि नर्सरी बनाउनुपर्ला ?

गोलभेडा खेतीको लागि जग्गाको तयारी र मलखाद व्यवस्थापन
उद्देश्य
 गोलभेडा खेती गर्दा जग्गा तयारीको बेलामा अपनाउनुपर्ने तौरतरिका बारेमा स्पष्ट हुने ।
 गोलभेडा खेतीका लागि आवश्यक मलखादकोव्यवस्थापनका बारेमा स्पष्ट हुने ।

प्राविधिक ज्ञान तथा कार्यविधि
 गोलभेडा लगाउने जग्गामा २ वा ३ पटक खनजोत गरी माटो मसिनो बनाउनु पर्दछ र झारपात तथा ढुङ्गा हटाउनुपर्दछ । खेती गरिने जग्गाको चारैतिर निकास बनाइ पानी काट्नु पर्दछ ।
 जग्गा तयारीको अन्तिम खनजोतमा एक रोपनी जग्गामा कम्पोष्ट मल १,५०० के.जि., युरीया ४ के.जि., डि.ए.पि. ११ के.जि. र पोटास ८ के.जि. राखी माटोमा राम्रोसँग मिलाउनु पर्दछ ।
 बर्षात्मा खेती गर्दा पानीको निकास हुने गरी १० देखि १२ से.मि. अग्लो ड्याङ्मा बिरुवा लगाउनु पर्दछ ।
 ड्याङ्मा बिरुवा सार्दा उन्नत जातको लागि लाइनदेखी लाइनको दुरी ७५ से.मि. र बोटदेखि बोटको दुरी ६० से.मि. राख्नु पर्दछ । यसैगरी वर्णशङ्कर जातका लागि लाइनदेखि लाइनको दुरी १०० से.मि.र बोटदेखी बोटकोदुरी
६० से.मि. राख्नु पर्दछ ।
 नर्सरीबाट बेर्ना सार्दा जति भाग माटो भित्र पुरिएको हुन्छ त्यति नै भाग मात्र बेर्ना सार्दा जमिन भित्र पुर्नेगरी सार्नु पर्दछ । खेती गरिने जग्गाको चारैतिर निकास बनाइ पानी कटाउने व्यवस्था मिलाउनु पर्दछ ।
 बेर्ना सारेको १० दिनमा भेजिमेक्स १ मि.लि. प्रति ५ लिटर पानीमा वा एच. वि.१०१ दुई थोपा प्रतिलिटर पानीमा मिसाई बिरुवाको पातमा छर्नु पर्दछ ।
 गोलभेडा खेतीका लागि बेर्ना सारेको १५ दिन पछि प्रतिबोट १५ ग्रामका दरले युरिया मल हाल्नु पर्दछ । मल हाल्दा बोटको हाँगाको फैलावटको वरिपरि रिङ्जस्तो३÷४ अङ्गुल गहिरो खाडल बनाई युरिया मल राखी
माटोलेपुरी टपडे«सिङ्ग गरिदिनु पर्दछ ।
 बेर्ना सारेको २० दिनमा पुनः भेजिमेक्स वा एच बि १०१ माथि उल्लेख गरेअनुसारको विधिबमोजिम प्रयोग गर्नु पर्दछ । यसैगरि बेर्ना सारेको २५ दिनमा जिप्लेक्सर÷मल्टिप्लेक्स ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ ।
 यसैगरी बेर्ना सारेको ३० औँ दिनमा वा पहिलो टपडे«सिङ्ग गरेको १५ दिन पछि माथि उल्लेख गरे जस्तै गरी युरिया मल राख्नु पर्दछ ।  बेर्ना सारेको ३५ दिनमा पुनः जिप्लेक्सर÷मल्टिप्लेक्स ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ । यसैगरी बेर्ना सारेको ४० दिनमा पुनः जिप्लेक्सर÷मल्टिप्लेक्स ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ । मिराकुलन, हिटकुलन वा युरेका १ मि.लि. प्रति लिटर पानीमा मिसाएर फूल खेल्न थाले पछि १५÷१५ दिनकोफरकमा ३÷४ पटकसम्म राख्नाले फल चर्कने वा फुट्नेसमस्याबाट बचाउँदछ ।

छलफलका लागि प्रश्न
 गोलभेडा खेतीका लागि जग्गाको तयारी कसरी गर्नु पर्दछ र बेर्ना कति दुरीको फरकमा सार्नु पर्दछ ?
 गोलभेडा खेतीमा कहिले–कहिले, कुन–कुन मल कति–कति मात्रामा राख्नु पर्दछ ?
 हामीहरूले आफ्नोबारीमा लगाउनका लागि गोलभेडाकोनर्सरी कहिले तयार गर्ने होला

गोलभेडा खेतीको गोडमेल र सिँचाइको व्यवस्थापन
उद्देश्य
 गोलभेडा खेतीको गोडमेल तथा सिँचाइको व्यवस्थापनबारेस्पष्ट हुने ।

प्राविधिक ज्ञान तथा कार्यविधि
 गोलभेडाको उत्पादन बढाउन र यसको फललाई आकर्षक बनाउन व्यवस्थित किसिमले गोडमेल तथा सिँचाइ गर्नु पर्दछ ।
 गोलभेडाको बेर्ना सारेको १५ दिनमा पहिलो गोडमेल गरी युरियाको प्रयोग गर्नु पर्दछ । यसैगरी बेर्ना सारेको ३० दिनमा दोस्रो गोडमेल गरी युरियाले दोस्रो टपडे«सिङ्ग गर्नु पर्दछ ।
 बिरुवा ठूलो भई लत्रिन थालेमा १ मिटर अग्लो बाँसकोथाँक्रो दिई बिरुवा अड्याउनका लागि डोरीले हल्का किसिमले बाँध्नु पर्दछ । यसो गर्नाले गोलभेडाको फल राम्रो हुन्छ ।
 जमिनको सतहदेखि १ फिट माथिसम्मका हाँगा हटाइदिनुपर्दछ । माटो सुख्खा देखिएमा पानी नजम्ने गरी आवश्यकताअनुसार नियमित रूपमा सिँचाइ गर्नु पर्दछ ।
 सिँचाइको व्यवस्थापन पानीको स्रोत तथा उपलब्धताकोआधारमा उपयुक्त प्रविधि जस्तै ढिकी पम्प, थोपा सिँचाई आदिको प्रयोग गर्नु पर्दछ ।

छलफलका लागि प्रश्न
 गोलभेडा खेती गर्दा थाँक्रो किन र कसरी दिनु पर्दछ ?
 गोलभेडा खेतीमा सिँचाइ कहिले–कहिले गर्नु पर्दछ ?
 समुहका सदस्यहरुले आफ्नो बारीमा कहिले–कहिलेसिँचाइ गर्ने र गोडमेल गर्ने योजना बनाउनु भएको छ ?

गोलभेडा खेतीमा लाग्ने कीरा रोग र तिनको व्यवस्थापन उद्देश्य
 गोलभेडा बालीमा लाग्ने मुख्य मुख्य कीरा र रोग तथा यसको व्यवस्थापनको बारेमा स्पष्ट हुने ।

प्राविधिक ज्ञान तथा कार्यविधि
 गोलभेडा खेतीमा विभिन्न किसिमका कीरा तथा रोगहरू लाग्दछन्। ती मध्ये फल खाने लार्भा र पात चुस्नेकीराहरु प्रमुख हुन्भने डढुवा, ओइलाउने, पात तथा मुना बटारिने रोगहरु हुन्।
 गोलभेडाको फल खाने लार्भा (हरियो कीरा)ः यसले शुरुमा पात खान्छ र फल लागे पछि टाउको भित्र घुसारेर फल खान्छन त्यस्तै पछि यस्ता फलहरू कुहिन थाल्छन्। यस कीराको नियन्त्रणका लागि फेरोमेन पासो (हेलिल्युर)
तीनवटा प्रतिकठ्ठाको दरले कोपिला आउन थाले पछि झुण्डयाउनु पर्दछ । यदि गोलभेडाको फलमा लार्भा देखिएमा वि.टि. वा दमन ५ ग्राम प्रतिलिटर पानीका दरलेबोट र माटोमा पर्नेगरी १५ दिनको फरकमा २ पटक छर्नु पर्दछ । सुर्तीको झोल बनाइ छर्किनाले पनि फल खाने लार्भाकोनियण्त्रण गर्न सकिन्छ । यसका लागि ६० ग्राम सुर्ती र ७ ग्राम साबुन १ लिटर पानीमा मिसाइ ३० मिनेटसम्म पकाउने र सो झोललाई कपडाले छान्ने । यसरी छानिएकोझोल १ भागमा ४ भाग पानी मिसाइ छर्कनु पर्दछ ।

पातको रस चुसेर खाने चुसाहा कीराहरु जस्तै सेतो झिँगा, लाही, पात खाने कीराहरुको नियन्त्रण गर्न नीममा आधारित बिषादी वा मल्टिनीम २ मि.लि.प्रतिलिटर पानीमा राखी ३ पटक ७ दिनको फरकमा छर्नु पर्दछ । सेतो कीराको प्रकोप बढी भएमा इमिडागोल्ड १.५ मि.लि. प्रति ५ लिटर पानीमा राखी छर्नु पर्दछ ।
 गोलभेडाको नर्सरीमा बेर्ना कुहिने रोग लाग्न सक्दछ जसमा टुसाएको बीउ वा भरखर उम्रेको कलिलो बिरुवा जमिनको सतहमा कुहिएर मर्दछ । यसको रोगथामका लागि माटोमा धेरै चिस्यान राख्नु हुँदैन र बीउ रोप्नु अगावै माटो
डढाउनु पर्दछ । क्याप्टान वा थिरामले उपचार गरेको बीउ प्रयोग गर्नु पर्दछ जसले रोकथाम गर्दछ । नर्सरी लगाउने माटोलाई बेभिस्टिन २–३ ग्राम प्रतिबर्गमिटरलेउपचार गराए धेरै हदसम्म यस रोगको रोकथाम गर्न सकिन्छ

 अत्यधिक चिसो वा कुहिरो लागेको समयमा गोलभेडाकोपातको तल्लो सतहमा अनियमित आकारका खैरा काला पानीले भिजेका दागहरू देखिन्छन्। यी धब्बाहरू बढ्दैगई ३–४ दिनमा नै पूरै पात कालो भई डढेको देखिन्छ । यस्तो भएमा डढुवा रोग लागेको हुन सक्दछ । यसकोरोकथामको लागि एउटै जग्गामा आलु र गोलभोडा खेती गर्नु हँुदैन, बिरुवा रोप्दा बाक्लो रोप्नु हुँदैन र घुम्ती बाली अपनाउनु पर्दछ । नियन्त्रणका लागि साफ २ ग्राम प्रतिलिटर पानीमा राखी पातको दुबै सतह तथा ढाड भिज्नेगरी ७ दिनको फरकमा ३ पटक छर्नु पर्दछ ।
 पुराना पातहरू पहँेलो भइ ओइलाएर तलतिर लत्रिएर माथिल्ला पातहरु ओइलाउँदै गएमा ओइलाउने रोग लागेको हुन सक्छ । यो रोग देखिएमा बिरुवाको हाँगा काटी सिसाको गिलासको पानीमा डुबाउँदा यदि र्याल जस्तो सेतो पदार्थ देखिएमा प्लान्टोमाइसिन १ ग्राम प्रतिलिटर पानीमा राखी बोटको फेदमा माटो भिज्नेगरी एक हप्तामा २ पटक छर्नु पर्दछ । तर यदि सिसाको ग्लासमा र्याल जस्तो सेतो पदार्थ नदेखिएमा सेडोमोनाज ५ ग्राम प्रतिलिटर पानीमा राखी १० दिनको फरकमा २ पटक छर्नु पर्दछ । यो रोगको रोगथामका लागि आलु, भन्टा, खुर्सानी लगाएको ठाउँमा कम्तीमा दुई वर्षसम्म गोलभँेडाको खेती गर्नु हुँदैन ।

पात तथा मुना बटारिने र पहँेलो भएमा भिरकोन—एच ४ मि.लि. प्रतिलिटर  पानीमा राखी १० दिनको फरकमा ४ पटक छर्नु पर्दछ । यस्तो अवस्थामा गाई÷भैँसीकोदूध १० मि.लि. प्रतिलिटर पानीमा राखी १० दिनको फरकमा ४ पटकसम्म छर्नाले पनि यसको नियन्त्रण हुन्छ । यो रोग कीरा तथा झिँगाले सार्ने भएकोले यस्तो कीरा नियन्त्रणका लागि रोगर १ मि.लि. प्रतिलिटर पानीमा राखी ७ दिनको फरकमा २ पटक छर्नु पर्दछ ।
 माथि उल्लिखित रोग तथा कीराहरु बाहेक गोलभँेडामा अन्य केही समस्याहरू प्नि छन्जसले रोग कीरा जत्तिकैहानी गर्दछन्। यी मध्ये फलको फेद कुहिने, क्याट फेस, फल खोक्रो हुने, फल खुइलिने तथा फल चर्किने आदि प्रमुख हुन्।
 फलको फेद कुहिने समस्याको रोकथामके लागि बायोटिन १ के जि प्रतिकठ्ठाका दरले जग्गा तयार गर्दा माटोमा छर्नु पर्दछ । बिरुवा सारे पछि मल्टिप्लेक्स २ मि लि १ लिटर पानीमा मिसाइ ३–४ पटक छर्नु पर्दछ ।
 फलको बनोट प्रक्रियामा नै बिकृति आएमा क्याट फेस समस्या देखिन्छ । यसको रोकथामका लागि फूल फुलेपछि पोषक १ मि लि १ लिटर पानीमा मिसाइ ३–४ पटक छर्नु पर्दछ ।
 माटोमा चिस्यान कम भई बाहिरी तापक्रम घटी वा बढी भएको अवस्थामा परागसेचन भए पनि गर्भाधान हुन सक्दैन जसको कारणले फल खोक्रो हुने समस्या देखिन्छ । यसको रोकथामका लागि माटोमा सुख्खापन बढ्न दिनु हँुदैन ।

 फलको हरियो अवस्था वा पाक्ने अवस्थामा चर्को घामकोकारणले खुइलिन सक्दछ । जसको कारण फलकोआकर्षण घट्दछ । यस्तो हुनबाट जोगाउन बढी पात हुने जातको बिरुवा लगाउनु पर्दछ ।
 चर्को घाम वा अत्यधिक बर्षा पछि लामो समय सुख्खा भएमा फल चर्किने समस्या देखिन्छ । यसकोनिराकरणको लागि बाली टिप्ने समयमा सिचाई गर्नु हुदैन र फल नचर्किने खालका जातहरु छनोट गरी लगाउनुपर्दछ ।

छलफलका लागि प्रश्न
 गोलभेडामा लाग्ने मुख्य–मुख्य कीराहरु कुन–कुन हुन्र तिनीहरूको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
 गोलभेडा खेती गर्दा देखिने प्रमुख रोगहरु के–के हुन्र तिनीहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
 गोलभेडा खेती गर्दा देखिने अन्य समस्याहरू के–के हुन्र तिनीहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
 हाम्रो बारीमा कुन–कुन रोगका कीराहरु लाग्न सक्दछन्वा लागेको छ ? यिनको नियन्त्रणका लागि के गर्नु पर्ला ?

बाली टिपाइ (भित्र्याउने) र बजार व्यवस्थापन उद्देश्य
 गोलभेडाको फल टिप्ने र टिपे पछि त्यसलाई उचित तरिकाका व्यवस्थापन गर्ने तरिका बारेमा स्पष्ट हुने ।
 गोलभेडाको सम्भाब्य बजारको पहिचान गरी बिक्री गर्ने तौरतरिकाका बारेमा स्पष्ट हुने । प्राविधिक ज्ञान तथा कार्यविधि
 गोलभेडाको परिपक्व भएको तर हरियो फल भेट्नु सहित टिप्नु पर्दछ । बजारमा गोलभँेडाको भाउ राम्रो भएकोबेला गोलभेडा छिटो पकाउने तथा तयार गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
 गोलभेडालाई छिटो पकाउनु पर्ने भएमा टिपिएको गोलभोडाको भेट्नु हटाएर काँचो फललाई केही पाकेको गोलभोडासंग मिसाइराख्नु पर्दछ । यसैगरी गोलभोडाको हरियो फल र अलि–अलि रङ्ग चढेको फल टिपी रातो पाकेको गोलभँेडा, पाक्न लागेको केरा वा मेवासँग मिसाइ ओभानो ठाउँमा राखी सेतो प्लाष्टिकले छोपेमा फल छिटो पाक्दछ ।
 गोलभेडाबाट राम्रो आम्दानी पाउन साना तथा ठूला पाके का फलहरु छुट्ट छुट्टै राख्नु पर्दछ । त्यसैगरी लाम्चो तथा अण्डा आकारको फललाई पनि छुट्टाछुट्टै राख्नु पर्दछ । यसरी छुट्याइएको गोलभेडा अलग–अलग भाँडो मा राख्नु पर्दछ ।
 बजारमा लानु अघि कुहिएका, दाग लागेका नमिलेका तथा बिग्रिएका गोलभेडा छानी छुट्टै राखेर प्रयोजनमा प्रयोग गर्नु पर्दछ ।
 गोलभेडा प्लाष्टिकको क्रेटमा राखी बजार लैजाँदा अथवा ढुवानी गर्दा
नोक्सान कम हुन्छ । यस क्रममा फल टिप्नुभन्दा अगाडि बजारमा आफ्नो उत्पादनको माग, मूल्य र व्यापारीहरूको बारेमा जानकारी लिनु पर्दछ ।
 गोलभेडा उत्पादन गर्ने कृषकले कुन महिनामा बढी खपत हुन्छ र बढी मुल्यमा जान्छ, कस्तो खालको फल र जात व्यापारी तथा उपभोक्ताहरुले रुचाउँदछन्भन्ने विषयमा पूर्ण रूपमा जानकारी लिनु पर्दछ ।
 तरकारीका लागि थोक तथा खुद्रा कुन बजार हो सो बारेपनि राम्ररी जानकारी हुनु पर्दछ । होटेल र रेष्टुरेन्टमा कस्ता खाले गोलभेडाको माग छ सोको जानकारी लिनुपर्दछ ।

छलफलका लागि प्रश्न
 गोलभेडाको फल टिप्ने उपयुक्त समय कसरी थाहा पाउनेर यसलाई छिटो पकाउनु परेमा के गर्ने ?
 गोलभेडाबाट राम्रो मूल्य प्राप्त गर्नका लागि बजारकोव्यवस्थापन कसरी गर्नु पर्दछ ?

साभार प्राक्टीकल एक्सनको संक्षिप्त ज्ञानबाट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्