भीमफेदीमा कृषि सडक निर्माण

1

हेटौँडा, ७ चैत । भीमफेदी गाउँपालिकाको विकट क्षेत्र वडा नं ५ स्थित घैयाबारी र तल्लो ज्यामिरेसम्म रु ३० लाखको लागतमा कृषि सडक निर्माण गरिएको छ । सडकमार्गले गाउँजोडिएसँगै स्थानीय कृषि उत्पादनले बजार पाउन थालेपछि स्थानीयवासी खुशी बनेका छन् । सो गाउँपालिका अध्यक्ष हिदम लामाले भीमफेदी–६ अम्लिङ बाह्रबिसेदेखि घैयाबारीसम्म जोड्ने सो सडकबाट १६० घरपरिवार लाभान्वित भएको जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिकाको १७ नं वडामा रु १४ लाखको लागतमा चुच्चेखोलाबाट रामपुर जोड्ने दुई किलोमिटर सडक स्तरोन्नति गरिएको छ । सडक विस्तारपछि चुच्चेखोला, गैरीगाउँ, लक्ष्मीपुरलगायतका बासिन्दा तथा सवारी साधनलाई सहयोग पुगेको छ ।

त्यसैगरी हेटौँडा–४ मा पनि पक्की सडक नाली निर्माणलगायतका द्रुतगतिमा शुरु भएको छ । उपमहानगरपालिकाको रु ८० लाखको लागतमा सो काम शुरु भएको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्