लगनसिल भएर यो कृषि पेसा गर्ने हो भने राम्रै आम्दानि गर्न सकिन्छ : रमेश गिरी

17

छोटो अबधी र सानो लगानीमा धेरै मासु उत्पादन हुने ब्यवसाय मध्य बंगुर पालन एक हो । आज हामी मोरडंका एक किसानको बारेमा जानकारी गराउदै छौ जो ६ बर्षको बैदेशिक जीवनलाई बिश्राम दिदै आफनै देशमै केहि गरौ भन्ने सोचको साथ कृषि पेशालाई अंगालि निरन्तर अघि बढीरहनु भएको छ ।

भोटेघुम्ति कृषि फार्म पथरि शनिश्चरे ५ मोरडंका रमेश गिरी अहिले ३३ बर्षको हुनुभयो । उहाले अहिले आफनो फार्ममा उन्नत जातको बंगुर,बोइलर कुखुरा र टर्कि चरा पालन गर्दै आउनु भएको छ । लगबग २५-३० लाखको रकम बैड्कबाट रिण लिनु भएको गिरी आउने केहि बर्ष भित्रमा बैडंकको रिण तिर्ने लक्ष्य राख्नु भएको छ ।

आजभन्दा ५ बर्ष अगाडि झापाको एक बंगुर फार्मबाट ६ वटा पाठापाठि बाट सुरू गर्नु भएको व्यवसाय आज उहाँ संग   ३० -४० बटा माउ बंगुरहरू छन । भविस्यमा यसलाइ बडाएर १००माउ बनाउने लक्ष्य राख्नु भएको उहाँ संग कुल साना ठुला बच्चाहरू गरि लगबग ६०-७०वटा जति बंगुरहरू छन । हेमसायर,ड्युयोर्क,योर्कसायर लगायतका उन्नत जातको बंगुरहरूको पालन गर्दै आउनु भएको छ ।

बंगुर पालनका लागि पहिलो चरणमा चहिने खोरहरू पक्काको छ किनकि कच्चिखोर बनाउदा बंगुरले भत्काउने सम्भावना हुन्छ तेसैले पक्कीनै बनाको छु संरचना निर्माणमा अलिक खर्च भएको छ उहाले बताउनु भयो । बंगुरू र कुखुरा पालन गर्दा खासै कडाखालको मानव स्वास्थ्यमा असर पुर्याउने खालको औषधिहरू प्रयोग गर्नु नपरेको र यदि गर्नै पर्दा पशुचिकित्सकको सल्लाह अनुसार प्रयोग गर्ने गरेको बताउनु भयो ।

बंगुरको लागि अहिलै बजार एकदमै राम्रो रहेको र पाठापाठिहरू बेच्नलाई कुनै समस्या नभएको तर बोइलरमा भने कैलेकाहि अलिक कठिन हुने गरेको छ । बोइलरको बजार स्थिर नभएकोले गर्दा बेला बेला बोइलर बेच्नलाइ गाह्रो हुन्छ । केहि महिनाको लकडाउनको समयमा उहाँ संग २०००-२२०० सय बोइलर कुखुरा थिए जसलाइ समयमा बेच्न नसक्दा ठुलो क्षति भयो जसको कारणले पून ब्यबसायमा फर्किन कठिन भइरहेको समेत गुनासो पोख्नु भयो ।

बोइलर पालन अतिनै चुनौति पुर्ण छ किसान भन्दा नि ह्याचरिवाला र डिलरवालाले धेरै भन्दा धेरै फाइदा लिइरहेको छन ,चल्लाको मुल्य ह्याचरिले निर्धारण गर्छ दानको मूल्य दाना उध्धोगले किसानले ४५ (५० दिन बिभिन्न जोखिम मोलेर हुर्काएको कुखुराको मुल्य डिलरले तोक्छ यो भन्दा ठुलो बिडम्बना के होला उहाले बताउनु भयो ।

दाना मेरो एकजनासाथी हुनुहुन्छ जो दाना चल्लाको काम गर्नु हुन्छ म वहाको बाट बिजय पेलेट दाना ल्याउने गरेको छु । अरू दानाको भन्दा धेरै नै राम्रो र बिस्वासनिय भएकाले अनुभव को आधारमा प्रयोग गर्दै गरेको बताउनु भयो ।
२०६४ सालदेखि कुखुरापालन शुरू गरेको उहाले सुरूमा १५० चल्लादेखि सुरू गरेको अहिले उहाको फार्ममा २००० ( ३००० सम्म पालन गर्नु भएको छ । हाल सम्म यस पेशामा लगभग २० लाख जति लगानि गरेको छु उहाले हामीलाई जानकारी गराउनु भयो ।

सुरूमा बैदेसिक रोजगारको सिलसिलामा कतार जानु भएका गिरीले ६ बर्षको बैदेशिक यात्रालाइ बिट मार्दै आफनै देशमै केहि गरौ भन्ने सोचको साथ कृषिलाई अंगालि निरन्तर यहि पेसामा भविस्य खोजिरहनु भएको छ । लगनसिल भएर यो कृषि पेसा गर्ने हो भने राम्रै आम्दानि गर्न सकिन्छ भन्ने रमेश गिरीले आफनो अनुभव हामी संग साट्नु भयो ।

लगभग सबै खर्च कटाएर उहाँको मासिक ५००००-६०००० हजार कमाइ हुन्छ । राज्यले किसानलाइ कृषि पेसामा लागेका जो ब्यवसायिक कृषक छन उनिहरूलाई ब्यससाय सन्चालन गर्न सहज होस भन्नको लागि सहुलियत दरको कृषि कर्जा उपल्ब्ध गराउनु नितान्त जरूरि रहेको छ ।

हाल सम्ममा कुखुरा र बंगुर गरि कुल ५० लाख लगानी गरि सक्नु भएको छ रमेश गिरीले । बंगुरको पाठापाठी चाहिएमा भोटेघुम्ति कृषि फार्म पथरि शनिश्चरे ५ मोरडंका रमेश गिरीलाई ९८१६३४१०१६ मा सम्पर्क गर्न सक्नु हनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्