काठमाडौँ, ५ साउन । स्याङजा जिल्लाको वालिङ नगरपालिकाका किसानलाई कृषि सामाग्री तथा बिउ बिजन वितरण गरिएको छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भइरहेको ‘हरित पुनः उत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कृषि औजार, बिउ विजन वितरण नगरपालिकाले जनाएको छ ।
सामाग्री हस्तान्तरण वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले गरेकी थिइन् । कार्यक्रममा विभिन्न १० वटा सहकारी तथा समूहलाई बिउ बिजन, ४० जना कृषकलाई टनेल, एक समूहलाई कम्वाईन मिल, चापकटर, ठेला लगायतका सामाग्री वितरण गरिएको छ ।