सिस्नोको नियमित प्रयोगले स्वास्थ्यमा हुने सकारात्मक प्रभाव यस्तो छ

180

सिस्नोको नियमित प्रयोगले स्वास्थ्यमा पर्ने सकारात्मक परिवर्तन त हुन्छ नै यसवाट धेरै पोषक तत्व पनि पाउन सकिन्छ । सिस्नोवाट क्याल्सियम, प्रोटिन, भिटामिन सि, कार्वोहाईडेट, फाइवर, फस्फोरस र फलाम पाईन्छ भने मुटु रोग, मधुमेह, गर्भवती तथा सुत्केरी महिलालाई फाईदा गर्दछ । भने उच्च रक्तचापलाई कम गर्छ । प्रोस्टेड ग्लाण्डर वाथको समस्यालाई फाइदा पु¥याउछ ।

छाला र कपालको स्वास्थ्यलाई सुधार गर्छ अनुहारलाई चम्किलो वनाउछ साथै कपाल झर्ने समस्याको रोकथाम गर्दछ । सिस्नो खानको लागि प्रयोग गर्दा सम्पुर्ण सकिने नास हुने स्रोत होईन यसको जति वढि प्रयोग गर्न सकियो यसको उत्पादन क्षमताको पनि वढ्दै जान्छ किनकी जति सिस्नो काटिन्छ सिस्नोको मुना पनि पलाउदै जान्छ त्यसकारण अर्को फाईदा यसलाई आयआर्जनको माध्याम पनि वनाउन सन्किन्छ ।

बारी, खेतका डिल र जंगलमा बेवारिसे अवस्थामा रहेको सिस्नुलाई पछिल्लो समय व्यावसायिक खेतीका रूपमा अँगाल्न थालीएको छ उसो भए आउनुहोस यसका केहि फाइदाहरुका बारेमा जानकारी लिऔं ।।

कसरी खाने ?

– सामान्यतया सिस्तोलाई पखाली उम्लेको तातो पानीमा राखी घोटेर पकाउने प्रचलन छ । विशेष गरि यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेमा पकाइन्छ ।

– तर, विदेशमा बटरमा प्याज, लसुन, लिक, गाजर, फुराएर भेज स्टक र आलु राखेर सिस्नु पकाइन्छ । यसलाई बल्याण्ड गरेर छानिन्छ । अन्त्यमा नुन मरिच र क्रीम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने प्रचलन छ ।

– सिस्नुको चिया पनि त्यतिकै प्रचलित छ । यसलाई निकै स्वास्थ्यवर्द्धक पनि मानिन्छ । यसलाई ग्रीन-टि कै तरिकाले सेवन गरिन्छ । र, यसलाई जुसको रुपमा पनि पिउन सकिन्छ ।

– सहजताका लागि अहिले सुपर मार्केटमा सिस्नोको पाउडर पनि उपलब्ध छ । यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।

– सिस्नोको फुलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ । यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ ।

औषधीय गुण :

– सिस्नोले मुटु सम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ ।

– यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।

– सीस्नो गर्भबती तथा सुत्केरी महिलालाई समेत खुवाइन्छ । उनीहरुका लागि सिस्नो अति फाईदाजनक मानिन्छ ।

– तपाईमा उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्‍याउँछ ।

– प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ ।

– सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मदत पुर्‍याउँछ ।

– यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल र्झनबाट रोक्ने काम गर्छ ।

– सिस्नोले शरिरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले डिएनए क्षयीकरण हुनबाटसमेत रोक्ने काम गर्छ ।

– पिसावको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाईदाजनक हुन्छ ।

– शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मदत पुर्‍याउने गर्छ ।

– शरिर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ ।

बहुउपयोगी सिस्नो :

– सिस्नो जती काट्यो त्यति पलाउने भएकाले खेती गरे पनि लाभ उठाउन सकिन्छ । यसलाई तारे होटेलदेखि विदेशमासमेत विक्री गर्न सकिन्छ ।

– औषधीको प्रयोजनका लागि सिस्नोको अत्याधिक माग हुने भएकाले यसलाई विदेश निर्यात गरेर आर्थिक लाभ लिन सकिन्छ ।

– यो मानिसको लागि मात्र नभई जनावरका लागि पनि स्वस्थकर मानिने अनुसन्धानले देखाएको छ । गाई भैसीलाई सिस्नो खुवाउदा निरोगी हुनुको साथै दुध पनि बढी दिने गर्छ ।

– सिस्नोको फुल र जरा कुखुरालाई खुवाएर आण्डा उत्पादनलाई बढाउन सकिन्छ ।
– यसको जरा औषधीको रुपमा प्रयोग गरिन्छ ।

– सिस्नोबाट क्याल्सीयम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्वोहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्