Friday, September 25, 2020

कैलाली भजनीका किसानलाई कृषियन्त्र उपकरण वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीले भजनी नगरपालिका वडा नं ८ किसान समूहलाई कृषि औजार वितरण गरेको छ । महिला प्रतिभा कृषक समूह गोडचौरालाई १६ थान पावर ट्रेलर ट्र्याक्टर, २५ थान स्प्रे ट्याङ्की, पाँच थान बोरिङ,...

बजारमा च्याउको सुकुटी, अचार र धुलोको माग धेरै

पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायिकरुपमा च्याउ खेती गरिरहनुभएको छ । च्याउ खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि उहाँ आकर्षित हुनुभएको हो । काँचो च्याउ बिक्री नहुने समयमा...

कार्यालय परिसरमा निर्माण गरिएको बायोग्याँस प्लान्ट सञ्चालनमा

भीमदत्त नगरपालिका कार्यालय परिसरमा निर्माण गरिएको बायोग्याँस प्लान्ट सञ्चालनमा आएको छ । बजार क्षेत्रको कुहिने फोहर सङ्कलन गरी प्लान्टमा ग्याास उत्पादन हुन थालेको छ । दैनिक कुहिने फोहर ग्याँसप्लान्टमा राखेर सात किलो ग्याँस दैनिक उत्पादन...

प्राविधिक ज्ञानको कमीले पकेट क्षेत्रमै मह उत्पादन कमी

महको पकेट क्षेत्र घोषणा गरिएको रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–३ मा मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न...

कोदो झार्ने नयाँ मेशिनको आविष्कार

यहाँका एक युवाले कोदो झार्ने नयाँ मेशिनको आविष्कार गर्नुभएको छ । कृषिमा आधुनिकीकरणका उपकरणको माग बढ्दै गएका बेला कुस्मा नगरपालिका–१२ ठूलीपोखरीको टुटुङ्गा घर भएका बाबुराम विश्वकर्माले कृषि क्षेत्रमा सहयोग पुग्ने कृषि औजार तयार पार्नुभएको...

चितवनमा विषादी अवशेष दु्रत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा

चितवनमा विषादी अवशेष दु्रत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मङ्गलबारदेखि शुरु गरिएको छ । प्रदेश...

पोखरामा अन्तर्राष्ट्रिय मान्यताप्राप्त वैज्ञानिक प्रविधियुत्त कफी एकेडेमी सञ्चालन

कफी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र कफी व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा अन्तर्राष्ट्रिय मान्यताप्राप्त वैज्ञानिक प्रविधियुक्त कफी एकेडेमी अफ एक्सलेन्स नेपाल सञ्चालनमा आएको छ । एकेडेमीको उद्घाटन कार्यक्रममा आज राष्ट्रिय चिया तथा कफी...

बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान

बैतडीमा पहिलोपटक टिलापिया जातको एकलिङ्गीय माछाको उत्पादनमा अनुसन्धान गरेको छ । गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीले उक्त अनुसन्धान गरेको हो । स्नातक तहमा गरिने प्रयोगात्मक अनुसन्धानअन्तर्गत महेश बुढामगर, सुशान्त चौधरी,...

पशुबाट निस्कने दिसाजन्य फोहर व्यवस्थापनको उपाय बायोग्यास

मासुका लागि प्रयोग गरिने जनावरबाट निस्कने दिसाजन्य फोहरबाट बायोग्यास उत्पादन गर्न सके काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण कम गर्न सकिने विज्ञको सुझाव छ । काठमाडौँ उपत्यकालाई प्रदूषण पार्ने तत्वमध्ये मासुजन्य वस्तुबाट निस्कने फोहर पनि मुख्यरूपमा...

केराका अनेक उत्पादन मःमः देखि समोसासम्म

सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् । इलामको रोङ गाउँपालिका–६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी...